कतारमा भव्य कार्यक्रमका बीच ओेए काले सार्वजनिक

काठमाडौं, असार २० । सन्ध्या फिल्म्स् एन्ड मिडिया प्रालिको दोश्रो म्युजिक भिडियो ‘ओए काले’ डिजीटल बजारमा आएको छ ।

सन्ध्या ग्रुप अलखोर कतारको साहित्यिक विभाग मुग्लानी सौगातको ७२औं साहित्यिक वाचन डबलीको अवसरमा भिडियो विमोचन गरी बजारमा ल्याइएको हो ।

बिमोचनसँगै रिलिज भएको भिडियो एक्का कम्पनी युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । डिजिटल बजारमा आएसँगै बिभिन्न माध्यमबाट गीतको राम्रो प्रतिक्रिया आएको छ ।

म्यूजिक भिडियो निर्देशक सुरज तामाङद्वारा निर्देशन गरिएको गीत मोडल तथा डान्सर राज गुरुङद्वारा कोरियोग्राफी गरिएको छ । एमबी लेप्चाको स्वर जितेन लेप्चाको सङ्गीत तथा प्रकाश सापकोटाको लय शब्द रहेको गीत उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ ।

भिडियो कतारका विभिन्न मनमोहक सुन्दर पार्कहरुमा छायांकन गरिएको छ । अत्यन्त चर्चामा रहने विश्वास लिएको यो भिडियोमा कलाकार तथा मोडलहरु राज गुरुङ, उर्मिला लामा, दिनेश गुरुङ, रमेश सुनार, सुवास खनाल लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!