विश्वकप क्रिकेटः सुखत अन्त्यका लागि वेस्ट इन्डिज र अफगानिस्तान खेल्दै

काठमाडौं, असार १९ । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिज र अफगानिस्तान खेल्दै छन् । सेमिफाइनल दौडबाट बाहिरिसकेका यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि लीड्स क्रिकेट मैदानमा सुरु हुँदैछ ।

अफगानिस्तानले अहिलेसम्म जीत हात पार्न सकेको छैन । उसले खेलेका ८ खेलमध्ये सबैमा हार ब्यहोरेको छ । अफगानिस्तान आजको खेलमा जीत हासिल गर्दै विश्वकप २०१९ लाई सुखत अन्त्य गर्ने लक्ष्यमा छ । अंकविहीन रहेको अफगानिस्तान पाएको अवसरलाई सदूपयोग गर्न नसक्दा हार ब्यहोर्दै आएको हाे ।

वेष्ट इन्डिजले जारी विश्वकपमा पहिलो खेलमा मात्र जीत हासिल गर्न सफल भयो । उसले पाकिस्तानको खेल बाहेक अन्य टिमसँग भने पराजय भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!