सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मासहित १० जनाविरुद्ध परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।

१६ किसिमका प्रशासनिक तथा प्राविधिक पदहरुका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भएकोमा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मूख्य लेखा सहायक, मूख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ वटा पदहरुको लिखित परीक्षा सञ्चालनको क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता देखिएको अख्तियारको दावी छ ।

कर्मचारी पदपूर्ति गर्दा लिखित परीक्षामा पाएको नम्बर तलमाथि गरेको र आफन्तलाई जागिर दिएको आरोपमा त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षत्री गरी दश जनाविरुद्ध मुद्दा दायर भएको हो ।

उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परिणाम फेरबदल गराएको, अङ्क थपेर आफन्तलाई पास गराएको लगायतका कमजोरी भेटिएको पनि अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!