इंग्ल्याण्डलाई पहिलो झड्का, ६० रन बनाएर आउट भए रोय

काठमाडौं, असार १८ । १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत न्यूजिल्याण्ड विरुद्धको खेलमा इंग्ल्याण्डले पहिलो विकेट गुमाएको छ । उसले १८.४ ओभरमा ओपनर जेसन रोय (६०) लाई गुमाएको हो । उनलाई जेम्स नीशमले क्याच आउट गराए । रोय र अर्का ओपनर जोनी बेरिस्टोबीच पहिलो विकेटका लागि १२३ रनको साझेदारी भयो । जारी विश्वकपमा रोयको यो तेस्रो अर्धशतक हो । उनले यस विश्वकपमा एक शतकसमेत बनाइसकेका छन् ।

बेरिस्टोको तेस्रो अर्धशतक
अघिल्लो खेलमा भारतविरुद्ध शतक बनाएका ओपनर जोनी बेरिस्टोले न्यूजिल्याण्डविरुद्ध अर्धशतक पूरा गरिसकेका छन् । उनले ९ चौकाको मद्दतमा ४६ बलमा अर्धशतक बनाएका हुन् । यो विश्वकपमा बेरिस्टोको यो तेस्रो अर्धशतक हो । टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले यो समाचार तयार पार्दासम्म इंग्ल्याण्डले १९ ओभरमा एक विकेट गुमाएर ११९ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!