विश्वकप क्रिकेटः इंग्ल्याण्डको उत्कृष्ट शुरुवात

काठमाडौं, असार १८ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत न्यूजिल्याण्ड विरुद्धको खेलमा इंग्ल्याण्डले उत्कृष्ट शुरुवात गरेको छ । टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले यो समाचार तयार पार्दासम्म ८.५ ओभरमा बिनाविकेट ६५ रन बनाएको छ । इंग्लिश टिमका ओपनरद्धय जोनी बेरिस्टो ३२ र जेसन रोय २४ रनमा खेलिरहेका छन् ।
इंग्ल्याण्डले ६५ रन बनाउँदा १० चौका लगाएको छ ।

आजको खेल इंग्ल्याण्डका लागि निकै महत्वपूर्ण छ । यदि उसले न्यूजिल्याण्ड विरुद्धको खेल हारेमा विश्वकपबाट बाहिरिने छ । यता न्यूजिल्याण्डले भने हार बेहोरे पनि सेमफिाइनलमा पुग्ने छ । इंग्ल्याण्डले उत्कृष्ट शुरुवात गरेको छ । उसले बिनाविकेट ४ ओभरमा ३१ रन बनाएको छ ।  आज टिममा को–कोले पाए मौका? हेर्नुस् प्लेइङ–११

इंग्ल्याण्डको प्लेइङ–११ः इओन मोर्गन (कप्तान), जोस बटलर, जेसन रोय, जोनी बेरिस्टो, जो रुट, बेन स्टोक्स, क्रिस ओक्स, लायम प्लेङकट, जोफ्रा आर्चर, आदिल रशिद र मार्क उड ।

न्यूजिल्याण्डको प्लेइङ–११ः केन विलियम्सन (कप्तान), रस टेलर, पार्टिन गुप्टिल, हेनरी निकोलश, टम लाथम, जेम्स नीशम, मिचेल सान्टनर, कोलिन डी ग्राण्डहोम, म्याट हेनरी, टिम साउथी र ट्रेन्ट बोल्ट ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!