कैलालीको अत्तरिया उद्योग वणिज्य संघका अध्यक्ष अशोक देवकोटा पक्राउ

कैलाली, असार १८ । कैलालीको अत्तरिया उद्योग वणिज्य संघका अध्यक्ष अशोक देवकोटा पक्राउ परेका छन् । उद्योग वाणिज्य संघकै अध्यक्ष पक्राउ परेपछि अत्तरिया बजार बन्द गरिएको छ ।

उद्योग वाण्ज्यि संघका अध्यक्ष अशोक देवकोटाले पत्रकार सम्मेलन गरिरहेकै बेला इलाका प्रहरी कार्यालय अत्तरियाको प्रहरी टोलीले पक्राउ गरेको हो । असार १० गते सम्पन्न गोदावरी नगरसभाको उद्घाटन सत्रमा आफुलाई बोल्न नदिएको भन्दै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटा नेतृत्वको समुहले पटक पटक अवरोध गरेको थियो ।

पुर्वमन्त्री तथा संघीय सांसद लेखराज भट्ट र सुदुरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री कृष्णराज सुबेदी बोल्दा विद्युत अवरुद्ध गराउनका साथै पटक पटक माइकको तार चुडाल्नुका साथै कार्यक्रममै होहल्ला गर्ने र कार्यक्रम संचालक माथी हातपातको प्रयास समेत गरेका थिए । यसरी नगरसभा नै विथोल्ने गरी अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष आफैंले यस्तो हर्कत गरेपछि गोदावरी नगरकार्यपालिकाको बैठकले निर्णय गरेर अध्यक्ष देवकोटा विरुद्ध मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर गरिएकै दिनदेखि सम्पर्कमा नरहेका अध्यक्ष देवकोटालाई बुधवार पत्रकार सम्मेलन गरिरहेको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो । उद्योग वाणिज्य संघका अध्यक्षसहित ८ जना विरुद्ध गोदावरी नगर कार्यपालिका बैठकले निर्णय गरि मुद्दा दायर गरेपछि मुद्दा फिर्ता लिने सवालमा छलफल गरिएको भएपनि अत्तरिया नगरपालिकाले मुद्दा फिर्ता नलिएपछि अध्यक्ष देवकोटा पक्राउ परेका हुन । अत्तरिया नगर सभा नै विथोल्ने गरि योजनाबद्ध तरिकाले नगरसभामै आक्रमण भएका कारण मुद्दा फिर्ता नलिएको गोदावरी नगरपालिकाले जनाएको छ ।

अत्तरिया क्षेत्रका केही अगुवा व्यापारीहरुले यस घटनाले नराम्रो संकेत गरेको बताएका छन । गोदावरी नगरसभामा प्रमुख अतिथी समेत रहेका यस क्षेत्रका संघीय सांसद तथा पुवमन्त्री लेखराज भट्टका कारण मुद्दा फिार्ता नगरिएको भनी हल्ला मच्चाएको भएपनि यो कुरा सत्य नभएको पुर्वमन्त्री भट्टले बताएका छन्।

गोदावरी नगरकार्यपालिकाले दिएको मुद्दामा फिर्ता लिने नलिनेमा कुरामा आफ्नो कुनै सरोकार नरहेको भन्दै पुर्वमन्त्री भट्टले युद्ध कालदेखि नै सबैलाई मिलाएर लैजानुपर्छ भन्ने धारणा राख्ने म जस्तो मान्छेलाई किन विवादमा मुछ्न खोजेको हो भन्नेमा आफु आश्चर्य चकित भएको पुर्वमन्त्री भट्टले बताउनु भएको छ। शुरुदेखि नै सबैलाई मिलाएर लैजानु पर्छ भन्ने आफ्नो धारणा रहेको र मिलाएर लैजानुको सट्टा आफ्नो नाम जोडेको प्रति भट्ट दुःखित बनेका छन ।

पुर्वमन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले नगरसभाको दिन बोल्न नपाएको भन्दै भएको घटना दुःखद भएको र त्यसपछिका घटनाक्रमहरुमा यो क्षेत्रकै माननीय व्यक्तित्वको नाम जोडिनुले कतै यो षडयन्त्र त थिएन रु भनेर आशंका व्यक्त गरेका छन् ।

नगरसभा बस्नुभन्दा अगाडी गोदावरीको बजेट निर्माणका विषयमा उद्योग वाणिज्य संघसंग पनि छलफल परामर्स भएको र वहाहरुको सुझाव समेत समेटिएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले बताएका छन् । नगरसभा भइरहेको दिन उद्घाटन सत्रमा प्रमुख अतिथी र विशिष्ट अतिथीले अन्त पनि नगरसभाहरुमा समय दिइएका कारण उनीहरुलाई अलि अगाडि बोल्न दिएको र अरु अतिथीहरुलाई नगर उपप्रमुखले बजेट प्रस्तुत गरेपछि मात्रै बोल्न दिने गरि कार्यक्रम तय भएको भएपनि कार्यक्रममा उपस्थित भएको ५ मिनेटमै बोल्न दिएन भनेर वितण्डा गर्नुपूर्व योजना नै रहेको प्रवक्ता भट्टको भनाइ रहेको छ । यहाँका सरोकारवाला अतिथीहरुले गोदावरी नगरपालिकाको बजेट आएपछि त्यसमा सुझाव दिने हिसाबले बोल्ने हो, तर बजेटै नआई आफुहरुलाई बोल्न दिएन भनेर वितण्डा गर्नु भनेको बजेट नै आउन नदिने षडयन्त्र भएको प्रवत्ताको भनाइ रहेको छ ।

अझैपनि अत्तरिया उद्योग वाणिज्य संघले आफुले गरेको गल्ती स्वीकार गरि माफि मागेको खण्डमा आफुहरु मुद्दा फिर्ता लिन तयार रहेको भन्दै प्रवक्ता भट्टले गोदावरी नगरपालिकाको सार्वभौम अधिकार क्षेत्र भित्र पर्ने मुद्दाका विषयमा केन्द्रीय नेताहरुलाई जोडेर बदनाम गर्न खोज्नु दुःखद भएको र यसलाई राजनैतिक रंग दिन खोज्नु राम्रो नभएको बताएका छन् । आफूहरु छलफल गरी मुद्दा किनारा लगाउने सवालमा गम्भीर भएको भन्दै नगर प्रवक्ता भट्टले धैर्यता नगुमाउन र विचलित नहुन सबै नगरबासीहरुलाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!