पोखराको फेसन शोमा प्रशान्त र शित्तल ‘सो स्टपर’

काठमाडौं, असार १८ । पोखरामा अगष्ट २ तारिखमा हेरिटेज अफ फेसन नेपालको आयोजना हुने भएको छ । यस्तै, यही कार्यक्रम अष्ट्रेलियामा पनि आयोजना हुने आयोजकले बताएको छ ।

एएसएपीको आयोजनामा हुन लागेको यो फेसन शोमा उदाउँदै गरेका मोडलहरु र्याम्प नाप्नेछन् । नेपालको फेसन डिजाइनिङमा उदाइसकेका डिजाइनरले तयार पारेका पहिरनमा मोडल स्टेजमा हिड्ने आयोजकले मंगलबार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।

यो कार्यक्रममा सो स्टपरको रुपमा मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार रहने छन्। यस्तै, ‘कर्पोरेट क्विन २०१९’ शितल थापा पनि सो स्टपरको रुपमा फेसन शोमा प्रस्तुत हुनेछिन् । यो कार्यक्रममा गायिका मिलन नेवार र प्राप्ती तुलाचनले आफ्नो प्रस्तुति राख्नेछन् । शोको कोरियोग्राफर मुस्कान रानी हुन् ।

यस्तै, गायक धिरज राइले पनि कार्यक्रममा सहभागीता जनाउने छन् । आयोजकले यो कार्यक्रम भिजिट नेपाल २०२० लाई लक्षित राख्दै आयोजना गर्न लागेको बताएको छ । नेपालका हेरिटेजहरुको प्रमोशनमा पनि यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । शोमा पुर्खाहरुले लगाउने पहिरनदेखि हेरिटेज झल्किने पहिरन समावेश हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!