दिगो विकासका लागि प्राज्ञिक सुझाव आवश्यक छः नगरप्रमुख वड

धनगढी, असार १८ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले दिगो विकासका लागि प्राज्ञिक सुझाव आवश्यक रहेको बताएका छन् ।

प्रजातन्त्रवादी प्रध्यापक संघ जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको अनुसन्धानमा नविनतमु विधी तथा अनुसन्धान अनुच्छेद लेखन सम्वन्धी कार्यशालामा बोल्दै नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन् । कुनैपनि विकासको सुरुवात गर्नुपूर्व त्यसको समग्र पक्षमा गहन अनुसन्धान गर्नु आवश्यक छ नगरप्रमुख वडले भने, बिना अनुसन्धान गरिएको विकास दिगो हुन सक्दैन ।

मानवीय तथा भौतिक विकासलाई दिगो बनाउनका लागि प्राज्ञिक क्षेत्रको सुझाव आवश्यक रहेको छ नगरप्रमुख वडले भने, तर अनुसन्धानमा नयाँपन पनि चाहिन्छ । अनुसन्धानका लागि विश्व विद्यालयमा खोलिएका अनुसन्धान केन्द्रले प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो पनि नगरप्रमुख वडले गरे । हरेक क्याम्पसहरुमा अनुसन्धान शाखा आवश्यक छ नगरप्रमुख वडले भने, अभ्यास नहुदा विद्यार्थीलाई शोधपत्र तयार गर्न पनि फलामको च्यूरा हुने गरेको छ ।

क्याम्पसका विद्यार्थीहरुले गरेका अनुसन्धानहरु ¥याकहरुमा मात्रै थन्क्याउने काम भैरहेको छ नगरप्रमुख वडले भने, राम्रा अनुसन्धानलाई ब्यावहारमा प्रयोग गरिनुपर्छ भन्ने मान्यता मेरो हो । नगरप्रमुख वडले देशको राज्य पुर्नसंरचना भएको अबस्थामा सबै तहमा ब्यबस्थीत अनुसन्धान केन्द्र खोलिनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!