विश्वकपः भारतको विस्फोटक ब्याटिङ, रोहित–केएलको अर्धशतक

काठमाडौं, असार १७ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगालदेश विरुद्धको खेलमा भारतीय टिमका ओपनर केएल राहुलले पनि अर्धशतक बनाएका छन् ।उनले १ छक्का र ५ चौकाको मद्दतमा ५७ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा केएलको यो दोस्रो अर्धशतक हो । आज भारतले टस जितेर ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म भारतले २२ ओभरमा बिनाविकेट १३९ रन बनाएको छ ।

विश्वकप २०१९ मा रोहितको दोस्रो अर्धशतक
बंगलादेश विरुद्धको खेलमा भारतीय टिमका ओपनर रोहित शर्माले शानदार अर्धशतक पूरा गरेका छन् । उनले ३ छक्का र ४ चौकाको मद्दतमा ४५ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा रोहितको यो दोस्रो अर्धशतक हो । साथै उनले यो विश्वकपमा २ शतकसमेत बनाइसकेका छन् ।

आज बंगलादेशलाई हराउन सके भारत सेमिफाइनलमा स्थान बनाउने छ । तालिकाको दोस्रो स्थानमा रहेको भारतले ७ खेलमध्ये पाँच खेलमा जीत, एक खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ११ अंक बनाएको छ । बंगलादेशले सात खेलमध्ये तीन खेलमा जीत र तीन खेलमा हार तथा एक खेलमा वर्षाको कारण अंक बाँड्दै ७ अंक जोडेको छ ।

यता, बंगलादेश पनि चमत्कारीपूर्ण प्रदर्शन गर्दै भारतलाई पराजित गरी विश्वकपको सेमिफाइनलमा पुग्ने आफ्नो झिनो सम्भावनालाई कायमै राख्न चाहन्छ । बंगलादेशविरुद्ध भारत स्पष्ट जितको खोजिमा हुनेछ । इंग्ल्यान्डविरुद्ध यसअघि पराजित भएको भारत आजको खेल आफ्नो पकडमा पार्न चाहन्छ ।

भारतको प्लेइङ–११ः विराट कोहली (कप्तान), महेन्द्रसिंह धोनी (विकेटकीपर), रोहित शर्मा, दिनेश कार्तिक, केएल राहुल, मोहम्मद शामी, भुवनेश्वकर कुमार, जसप्रित बुमराह, युजवेन्द्र चहल, हार्दिक पाण्ड्या र ऋषभ पन्त ।

बंगलादेशको प्लेइङ–११ः मुसरफे मुर्तुजा (कप्तान), तमिम इकबाल, शाकिव अल हसन, मुश्फिकुर रहीम (किकेटकीपर), सौम्य सरकार, लिटोन दास, रुबेल हुसेन, सब्बीर रहमान, मुस्तफिजुर रहमान, मोसाद्दिक होसैन र मोहम्मद सैफउद्दिन

कमेन्ट गर्नुहोस्

error: Content is protected !!