डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते

दिपायल, असार १६ । डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको आदर्श गाँउपालिकाबाट सायल जाँदै गरेको से १ च ९१७ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–७ साइली गाड नजिक पर्ने गजेडा भन्ने स्थानमा भएको जीप दुर्घटनामा सायल गाउँपालिका–१ का २७ वर्षीय राजु दमाई, १५ वर्षीया बाटुली नेपाली, टीका नेपाली रहेका छन्।

यस्तै आदर्श गाउँपालिका–७ का ३६ वर्षीय रमेश नेपाली, सोही ठाँउको सातलाका १२ वर्षीय महेश नेपाली, वडा नम्बर ६ गिरि चौकाका चालक कटक सिलाल घाइते भएका छन् ।

चालक सिलाल र बाटुलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप सडकबाट ६० मिटर तल खसेको छ। जीप के कारणले दुर्घटना भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!