नेपाली कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिको प्रशिक्षण कार्यक्रम भव्यताको साथ सम्पन्न

काठमाडौ‌ं, असार १६ । नेपाली कांग्रेसको केन्द्रीय सभापति एवं सम्मानीय पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिको आयोजनामा आयोजित हिमाल पहाड तराई–मधेस जनजागरण अभियान अन्तर्गत एकदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

नेपाली कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिका शभापति मनोज खड्काको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसको केन्द्रीय सभापति एवं सम्मानिय पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा रहेका थिए भने विशेष अतिथिहरुमा नेपाली कांग्रेसका पार्टी प्रबक्ता विश्वप्रकाश शर्मा, नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व पार्टी सभापति आङगेलु शेर्पा, प्रभुराम बस्नेत, माननीय जिप छिरीङ शेर्पा, पर्यटन व्यवसायी आङ छिरीङ शेर्पा, नामग्याल शेर्पा, मिङमार दोर्जी शेर्पा, दावा गेलु पाख्रिन (राजु), डोल्मा तामाङ, कृष्ण निरौला, गणेश बस्नेत, राजनजंग बस्नेत लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उक्त प्रशिक्षण कार्यक्रम भव्यताको साथ सम्पन्न भएको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै प्रशिक्षकहरु पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र बार एसोसिएसनका पुर्व महासचिव सुनील पोखरेलले‌ गुटबन्दीको राजनीति त्याग गर्दै पार्टी एक ढिका हुनुको विकल्प नरहेको बताएका छन् ।

नेपाली कांग्रेस इतिहास बोकेको पार्टी भएको हुँदा अहिले नेकपाको सरकारले जनभावना अन्तरगत काम नगरेको हुँदा खबरदारी गर्दै आफ्ना कार्यकर्ताहरु तथा नेपाली जनतालाई सू–सुचित गर्दै आगामी दिनमा नेपाली कांग्रेसलाइ थप सशक्त गर्दै लैजानुपर्ने आवश्यकता रहेको उनीहरुले जानकारी गराए ।

पार्टी जनजागरण अभियान अन्तर्गतनै यस प्रशिक्षण कार्यक्रम रहेको हुँदा पार्टी कार्यकर्ताहरुलाई थप उर्जा मिलेको र यस्ता कार्यक्रमलाई सोलुखुम्बुका गाउँगाउँमा पुर्याउने सोलुखुम्बु कांग्रेसलाइ एक ढिक्का बनाउन जस्तोसुकै त्याग गर्न समेत तत्पर रहेको नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व पार्टी सभापति आङगेलु शेर्पाले जानकारी गराए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले सोलुखुम्बु जिल्लाको पार्टीभित्रको समस्या आफू जानकार रहेको र छिट्टै समाधान गरिने समेत बताएका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका कारण विवाद भएको र त्यसलाई विधिसम्मत ढंगले पार्टीले टुङ्ग्याउने विश्वास दिलाएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!