भारी वर्षाले अस्तव्यस्त बन्यो मुम्बई

मुम्बई, असार १६ । मुम्बईमा सोमबार बिहान फेरि मुसलधारे वर्षाको कारण जनजीवन प्रभावित भएको छ ।

हिन्दमाता, सायन, अँधेरी, किंग सर्कल एरिया र चेंबुर क्षेत्रमा मुसलधारे वर्षा भएको हो । त्यहीँ पालघरमा रेलवे ट्रयाकमा पानी जम्मा हुँदा रेल यात्रुहरु ठूलो मर्कामा परेको छन् ।

मुम्बईमा भारी वर्षासँगै एकपटक फेरि सर्वसाधारणमाथि प्राकृतिक विपत्ति आइपरेको छ । कैयौं ठाउँ, सडकमा जलमग्नले अस्तव्यस्त भएको छ भने कतै घरघरमा जलमग्न भएको छ। यसैबीच, पालघरमा रेलवे ट्रयाकमा पानी जम्मा हुन जाँदा रेल सेवा प्रभावित बनेको छ र कैयौं रेल सेवा रद्द गर्नुपरेको छ ।

मुम्बई र आसपासको क्षेत्रमा बिहीबार रातिदेखि सुरु भएको भारी वर्षा आइतबार दिउँसोसम्म परिरहेकै थियो । मौसम विभागको अनुसार आगामी दुई दिनसम्म पनि भारी वर्षाबाट प्रभावितहरुले राहत पाउन सजिलो छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!