सात वटा ब्रोकरले पाए मार्जिन कारोबार गर्ने अनुमति

काठमाडौं, असा। १२ । ७ वटा ब्रोकरले मार्जिन कारोबार गर्ने अनुमति पाएका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दिव्या क्रिष्टल सेक्युरीटीज (५०), कोहिनुर सेक्युरीटिज (३५), भिजन सेक्युरीटीज (३४), सेक्युर्ड सेक्युरीटीज (३६), श्रीकृष्ण सेक्युरीटीज (२८), प्राइमो सेक्युरीटीज (१६), नेपाल स्टक हाउस (१४) लाई मार्जिन कारोबारका लागि अनुमति दिएको हो । यी कम्पनीहरुले मार्जिन कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट पनि स्विकृती पाइसकेका छन् ।

कम्तीमा १० हजार सेयरधनी भएको र दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश, आव सुरु भएको ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीले मार्जिन सुविधा पाउने व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!