सबै परिवर्तनको लागि दस्तावेज– युद्धका ति दिनः एक पत्रकारको भोगाई

गणेश बन्जाडे । दुई दशकदेखि पत्रकारितामा सक्रिय संघर्षशील पत्रकार संगिता खड्का हुन् । नेपाल पत्रकार महासंघ केन्द्रिय पूर्व सचिव लगायत विभिन्न सञ्चार क्षेत्रमा स्थापित पत्रकार खड्काले ‘युद्धका ति दिनः एक पत्रकारको भोगाई’ नामक आफ्नो कृति भर्खरै सार्वजनिक गरेकी छिन् ।

कुनै समय कालखण्डमा तत्कालिन माओवादी विद्रोहीको वारेमा जान्न र थाहा पाउनको लागि जनादेश साप्ताहिक आमजनताको माझमा विश्वसनीय, भरपर्दो सञ्चारमाध्यमको रुपमा स्थापित थियो । जनादेश साप्ताहिकको सहसम्पादकको जिम्मेवारी सम्हालेकी ख्डकाले विभिन्न आरोह अवरोहलाई छिचोल्दै जनताको माझ सचना पुर्याउने एक संघर्षशील महिला पत्रकार थिइन् ।

त्यतिबेला पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता न्यून हुन्थ्यो, त्यसमा पनि जनादेश साप्ताहिकमा काम त परै जाओस पठन र पत्रिका राख्न पनि तत्कािलन राज्यको दृष्टिकोणमा आतंककारी गतिविधि थियो । समाचार लेखे वापत जनादेश साप्ताहिकका सम्पादक कृषण सेन इच्छुकले ज्यान गुमाउनु पर्यो । त्यसै उथलपुथल समयमा जनादेशमा पत्रकारिता गरे वापत संगिता खड्काले धेरै दुःख पीडा र यातना लगायत अमानवीय यातनासहित धेरै पटक मृत्युको नजिक पुगेर पनि बाच्न सफल भइन् ।

तिनै गतिविधी र भोगाइलाई समेटेर तयार पारिएको एक ऐतिहासिक जीवन्त कृति हो युद्धका ति दिनहरुः एक पत्रकारको भोगाई । संगिता खड्का सहरमै जन्मिइन् हुर्किइन । उनले बाल्यकालमा कुनै डाँडापाखा पखेराहरुमा हिडनु परेन तर जनयुद्धमा लागिन् । उनले विभिन्न समयमा संघर्षका चुचुराहरु चढ्न परिरह्यो । उनी बन्दुक बोकेकी कुनै छापामार भने होइनन् । मओवादी जनयुद्धको पक्षमा कलम चलाउने पत्रकार थिइन् तर समयले कोल्टे फेरिदिदा उनलाई यस्तो अवस्थामा ल्याइदियो कि उनले कुने छापामारले भन्दा पनि बढी युद्धको समस्या सहनुपर्यो । संकटकालिन दिनहरु सम्झदै संगिता लेखछिन्, ‘एक दिन अफिसवाट जनादेश पत्रिका बोकेर आउँदै थिए, एरपोर्ट सिनामंगलमा सेनाको चेकजाच गर्दै गरेको झट्ट आँखाले देखे । मैले हतारमा पत्रिकाको ब्याग आफ्नो घुडामुनी राखे । कुर्तासुरुवाल लगाएको कारण पत्रिका ढाक्दा पत्रिका छेक्ने गरेर वनाइएको सानो पकेट पुरै छोपियो । मेरो व्याग र पर्श चेक गरियो संयोगले मैले बोकेको पत्रिकामा सेनाको नजर पुग्न सकेन । गाडि गुड्यो धन्न फन्दामा परिएन ।’

उनकै सहयोद्धा अतिन्द्र न्यौपानेका कारण संगिता गिरफ्तार भएर तत्कालिन नेपाल प्रहरीको महेन्द्र पुलिस क्लबमा पुर्याइएकी थिइन् । जुन ठाउँमा कृष्ण सेन इच्छुकलाई पनि ल्याइएको थियो । जहाँ यातनाकै कारण पत्रकार तथा सहित्यकार इच्छुकले जीवन गुमाएका थिए । प्रहरी अफिसर विक्रम थापाबाट शुरु भएको शारिरीक तथा मानसिक यातनावाट उनको हिरासतका दिन रात शुरु हुन्छ महेन्द्र पुलिस क्लवमा ।

पुस्तकमा केबल लेखेकै आधारमा तत्कालिन राज्यले पत्रकारलाई दिएको दुःख पीडाको पोको छ । कृष्ण सेन र संगिता खड्काहरुले भोगेको कष्ट सबै परिवर्तनको लागि दस्तावेज हो । संगिताले आफ्नाो पुस्तकमा आफ्ना भोगाइहरु उतारेकी छिन् । संकटकालका कहाली लाग्दा दिनहरु पुस्तकमा समेटिएका छन् । यातना खेप्न नसकेर आफ्नै सहयोद्धाले दिएको धोकाको व्याख्या पनि पुस्तकमा स्थान पाएका छन् । हिरासत, जेलजीवनका पीडा समस्या भोगाई जसता विषयले भावुक वनाउँछ ।

२०६० कार्तिक २१ गतेवाट रेडियो जनगणतन्त्र ९५.१ मेगाहर्जको औपचारिक सुरुवात भयो । संगिताले भूमिगत रेडियो सञ्चालन बारे यो पुस्तकमा विशेष कुरा राखेकी छिन् । रेडियोले जनताका विचमा आफ्नो विचार र सूचना लैजान निकै प्रभावशाली बनेको थियो । युद्धको मोर्चामा जस्तै थियो रेडियो जनगणतन्त्र । त्यही मोर्चाका एक कमाण्डर बनेर हिँड्दा कस्ताकस्ता अप्ठ्यारा आए यसका स्मरण डायरीका रुपमा उतारेकी छिन् । भूमिगत रेडियो पत्रकारिताका बारेमा जान्न चाहनेका लागि यो पुस्तक समय सापेक्ष सामग्री बन्न सक्छ । अन्तिम समयमा लेखिएकाले गण्डक यात्राको सन्दर्भ पनि समेटेकी छिन् । त्यसमा तत्कालिन मओवादी जनयुद्ध, शान्ति प्रक्रिया तर्फ लागेको कुरा समेटिएको छन् । पुस्तकमा सबैभन्दा बढी दुःख छन्, संगिताले पाएको पीडा यातनाका कुराहरु पढिरहँदा त्यसबेलाका सैनिक प्रशासन र प्रहरी अधिकारीले कुन हृदयले यति धेरै यातना दिन सकेका होलान् ?

कमेन्ट गर्नुहोस्

error: Content is protected !!