कविता : सधैं तेरो रहँदैन वैशको झड्का

सधैं तेरो रहँदैन वैशको झड्का ।

ले लक्ष्य हातमा

अवरोधमा आउँछ जे पड्का ।

अठारे जोश

बलवान तैं होस्

त्यसैले रातदिन गर काम

हरेक क्षत्रलाई सड्का ।

तब, मात्र लाग्छ

तेरो

लक्ष्यको तड्का ।

बोल सत्य,

गर कामको फत्ते ।

नगर झूट र कुलतमा

मारिहत्ते ।

बन्दे समाजकै उदाहरण,

सुधार बरु तेरो आचरण

तर नहेर लक्षको अपहरण ।

वरु पर लक्षप्राप्ति हुन्छ भने शरण ।

तर कदापी नझुका शिर,

बलियो छ की ? तेरो तक्दिर ।

तेरो बेला यही हो,

जे गर त्यो सही हो ।

दुनियाँकै उदाहरण बन

जवानीमा गर्नुपर्ने त्यही हो ।

बरु तेरो जवानी झड्काइदे,

उद्येस्को बीचमा आउछ कोही ? चड्काइदे ।

रच्दे कुटनीति

तर नगर वेथिति

यद्यपी

विथोल्छ कोही ? जा भड्काइदे ।

तर बिन्ती सधै रहँदैन तेरो जवानी,

त्यसैले जसरी हुन्छ लक्षको सिट्टी तड्काइदे ।

सुर्यप्रसाद खनाल

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!