इन्भेष्टमेन्ट बैंकमा जेबिल्स फाइनान्स गाभियो

काठमाडौं, असार ८ । नेपाल इन्भेष्टमेण्ट बैंकको विशेष साधारणसभाले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले फाइनान्सलाई १०० बराबर ३३ को सेयर स्वाप अनुपातमा गाभेको हो । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ५९ करोड र जेबिल्स फाईनान्सको ८४ करोड रुपैयाँ छ । अब जेबिल्स मिसिएपछि बैंकको चुक्ता पूँजी १२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

अब बैंकको कुल निक्षेप १ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ भने कूल कर्जा १ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहने छ। बैंकिङखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!