बैतडीमा मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष गम्भीर घाइते

बैतडी, जेठ ३० । मोटरसाइकल दुर्घटनामा परी बैतडीको पुर्चौंडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्ट गम्भीर घाइते भएका छन्। बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीका अनुसार वडा नं ४ का वडा अध्यक्षसमेत रहेका भट्ट बुधबार बेलुका पुर्चौंडी नगरपालिकाबाट घर जाने बेला उनी मोटरसाइकल दुर्घटनामा परेका थिए ।

पुर्चौंडी नगरपालिका वडा नं ५ को बा‍.२ ब.२५२ नम्बर सरकारी मोटरसाइकल पुर्चौडीको चट्टेबगरमा दुर्घटनामा परेको हो।  उनको टाउकोमा गम्भीर चोट रहेको बताइएको छ। घाइते भट्टको कोहलपुरमा उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्