१२ कक्षापछि मात्र अब विदेशमा पढ्न पाइने

काठमाडौं, जेठ ३० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेशमा पढ्न जान अनुमति दिने भएको छ । एसईई गरेलगत्तै विद्यार्थी जापान, अष्ट्रेलिया, अमेरिका जाने क्रम बढेपछि मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो ।

‘उच्चशिक्षा पढ्न जाने विद्यार्थीलाई मात्र नो अब्जेक्स्न लेटर दिने निर्णय गरिएकोे’ मन्त्रालयले वैदेशकि अध्ययन अनुमतिपत्र शाखाका उपसचिव महेश्वर शर्माले बताए । १२ पास नगरी विद्यालय तहसरहको डिप्लोमा पढ्न जाने विद्यार्थीलाई अनुमति नदिइने उनले जनाए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्