भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त, १३ यात्रुकाे निधन

काठमाडौँ, जेठ २८ । भारतीय वायुसेवाको हराइरहेको विमानको भग्नावशेष प्राप्त भएको छ । चालकदलका सदस्यसहित १३ जना सवार रहेको उक्त विमान ३ जुनदेखि हराइरहेको थियो ।

सेनाले प्रयोग गर्ने गरेको एएन-३२ विमान क्षतिग्रस्त अवस्थामा १२ हजार फीटको उचाईमा अरुणाचल प्रदेश राज्यको पहाडी भूभागमा फेला परेको हो ।

अरुणाचल प्रदेशको जोराहाट एयरबेसबाट ३ जूनको दिन उडेको उक्त विमान उडेको केही समयभित्रै सम्पर्क बाहिर भएको थियो। भारतीय वायुसेनाको एमआई-१७ हेलिकप्टरमा सवार खोजीदलले उक्त दुर्घटनाग्रस्त विमान फेला पारेको बताइन्छ ।

उक्त विमान हराएपछि स्याटेलाइट र खोजी विमानहरूको सहयोगले खोजी कार्य सुइरु गरिएको थियो तर उक्त क्षेत्रमा घना जंगल भएकाले अपेक्षित सफलता हात नलागेको बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्