ह्वात्तै बढ्यो सुनको भाऊ

काठमाडौं, जेठ १० । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, बिहीबार तेजावी सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य दश रुपैयाँले बढेको छ ।

बिहीबार चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदीको मूल्य ७१० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्