बार एशोसिएसनको अध्यक्षमा साह विजयी

सप्तरी, जेठ १० । कानून व्यवसायीहरुको संगठन सप्तरी जिल्ला बार एशोसिएसनको शुक्रबार सम्पन्न निर्वाचनमा डोमन साह नेतृत्वको प्यानल विजयी भएको छ ।

अध्यक्षमा डोमन साहले १९ मतको अन्तरले अर्का समुहका उम्मेदवार महेश्वर साहलाई पराजित गरेका हुन् ।

त्यस्तै पदाधिकारीहरुमा उपाध्यक्षमा महेन्द्रप्रसाद देवले ४८ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी लोकनाथ यादवले ३५ मत ल्याएका छन् ।

त्यस्तै सचिवमा ओमप्रकाश यादवले ४५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी ध्रुवकुमार मण्डलले ३८ मत ल्याएका छन् । कोषाध्यक्षमा शंकर कुमार मिश्रले ४५ मत ल्याएर विजयी भएका छन भने प्रतिद्वन्द्वी विरेन्द्र प्रसाद चौधरीले ३५ मत ल्याएका छन् ।

त्यस्तै सदस्यहरुमा शिवनारायण यादव, शम्भु कुमार यादव, रामनरेश दास, सुरेश कुमार सिंह र इन्द्रकान्त चौधरी निर्वाचित भएका छन् ।
त्यस्तै पार्षदमा केशर लाल खंगवीर बहादुर कडारी, उमेशनाथ, शरण कर्मचन्द चौधरी र महेश्वर साह नेतृत्वको कमल कुमार यादव निर्वाचित भएका छन् ।

जिल्ला कार्यसमितिको निर्वाचनमा महेश्वर साह नेतृत्वको स्वतन्त्र पेशागत कानून व्यवसायी समुह र डोमन साह नेतृत्वको पेशागत हकहित प्रति पूर्ण प्रतिवद्ध समूहबीच चुनावी प्रतिस्पर्धामा रहेको थियो।

कूल ८६ सदस्य रहेको जिल्ला बारको निर्वाचनमा दुई समुह बनाएर कानून व्यवसायीहरु निर्वाचन प्रतिस्पर्धामा थिए भने कूल ८३ मत खसेको निर्वाचन समितिका संयोजक दुर्गानन्द चौधरीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्