पाकिस्तानी प्रधानमन्त्री इमरान खानद्वारा मोदीलाई बधाई

काठमाडौं, जेठ ९ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जितको बधाई एवं शुभकामना दिएका छन् । पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय समकक्षी मोदीलाई बधाई दिँदै दक्षिण एसियाको शन्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्न चाहेको बताएका छन् ।

गएको फेब्रुअरीमा पुलवामामा भएको आतंककारी आक्रमणपछि भारत–पाकिस्तान सम्बन्ध चिसिएको थियो । लोकसभा चुनावको मतपरिणाम सार्वजनिक हुने क्रममा छ । पछिल्लो मतपरिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) एक्लै सरकार बनाउने हैसियतमा आएको छ । उसले झण्डै ३०० सिटमा अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्