गौतम गम्भीर ३ लाख १० हजार मत ल्याएर विजयी

नयाँदिल्ली, जेठ ९ । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी गौतम गम्भीर भारतीय लोकसभा निर्वाचनमा पूर्वी दिल्लीबाट विजयी भएका छन् । दिल्लीको पूर्वी क्षेत्रबाट गौतम ३ लाख १० हजार ६ मत ल्याएर विजयी भएका हुन् ।

भारतीय जनता पार्टीबाट उम्मेदार रहेका गम्भीरलाई निटतम प्रतिद्धन्द्धी कांग्रेसका अरविन्दर सिंह लभ्लीले १ लाख ५३ हजार २ सय ७९ मतले पछ्याएका थिए । ३७ वर्षीय गौतमले गत महिना मात्र भाजपा प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्