राहुल गान्धीद्वारा नरेन्द्र मोदीलाई बधाई

काठमाडौं, जेठ ९ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले भारतीय जनता पार्टी (भाजपा) गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई एवं शुभकामना दिएका छन्।

बिहीबार साँझ दिल्लीमा भएको पत्रकार सम्मेलनको आयोजना गर्दै गान्धीले मोदी र भाजपालाई धेरै–धेरै बधाई तथा शुभकामना दिएका हुन्। उनले भनेका छन, ‘यो विचारधाराको लडाइँ हो, हामी हाम्रो लडाइँमा अडिग छौँ ।

राहुलले केरलको वायनाडबाट चुनाव जितेका छन् भने उत्तर प्रदेशको अमेठीबाट उनलाई स्मृति इरानीले चुनाव हराएकी छन्।

कमेन्ट गर्नुहोस्