भारतीय लोकसभा निर्वाचनः गौतम गम्भीरको जीत निश्चित

एजेन्सी । भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरले भारतमा जारी लोक सभा निर्वाचनमा जीत नजिक पुगका छन् । पूर्वी दिल्लीबाट बीजेपी उम्मेदवार बनेका गम्भीरले खसेको मतमध्ये लगभग ५३ प्रतिशत बढी मत प्राप्त गरिसकेका छन् । यसकारण अब उनी जीतको सेरोफेरामा छन् । गौतमले अहिलेसम्म ४ लाख ७९ हजार मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार अरबिन्दर सिंह लभ्लीले २ लाख ३५ हजार मत प्राप्त गर्दा आम आदमी पार्टीकी उम्मेदवार आतिशीले १ लाख ६४ हजार मत प्राप्त गरेकी छिन् । पूर्वी दिल्ली लोकसभा क्षेत्रमा अहिलेसम्म झण्डै ९ लाख मत गनिएको छ ।

कमेन्ट गर्नुहोस्