मेयर वडद्वारा नगरविकास समिति धनगढीको पदभार ग्रहण

धनगढी, जेठ ९ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढी नगरविकास समिति धनगढीको पदभार ग्रहण गरेका छन् ।

बिहीबार एक कार्यक्रमका बिच नगरप्रमुख वडले अध्यक्षको पदभार ग्रहण गरेका हुन । अव नगरविकास समितिको रेखदेख र नियमन गर्ने जिम्मेवारी नगरप्रमुखको काँधमा आएको छ ।

त्यसैगरी नगरविकास समितिको प्रशासनिक जिम्मेवारी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको काँधमा परेको छ ।

धनगढी नगरविकास समितिको पदभार ग्रहण गर्दै नगरप्रमुख वडले सबैभन्दा पहिले यस अघिका समितिहरुले गरेका निर्णयहरु हेर्ने र सम्भव निर्णयहरुलाई कार्यान्वयन गरिने बताए । भूमि व्यवस्थापन सम्वन्धी कानुन चाँडो ल्याउन प्रदेश सरकार संग अनुरोध गर्ने छौं नगरप्रमुख वडले भने,‘त्यसपछि नगरको भूमीको ब्यबस्थापन गर्ने छौं ।

धनगढी नगरविकास समितिको पहिलो बैठकले मिति २०७५ चैत १९ को खण्ड ६८ अतिरिक्ताङ्क ३७, राजपत्र भाग दुई अनुसार समिति पूर्ण बनाउने निर्णय समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्