अभिनेता शत्रुघ्न सिन्हा हार्ने निश्चित, कति मतले पछि परे?

एजेन्सी । भारतमा भएको १७ औँ लोकसभा चुनावको मतगणना अहिले जारी छ । सुरुवाति अवस्थामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले अग्रता लिएको छ । यसैबीच, कांग्रेसका तर्फबाट बिहारको पटना साहिबबाट चुनाव लडिरहेका अभिनेता शत्रुघ्न सिन्हाले पराजय व्यहोर्ने संकेत देखाएका छन्।

अहिलेसम्मको मतगणनामा उनी बिजेपीका रविशंकर प्रसादभन्दा १ लाख ३३ हजार ९५९ मतले पछि परेका छन् । भारतीय लोकसभा निर्वाचनको परिणाम एकपछि अर्को गर्दै अगाडि आइरहँदा बिहीबार दिउँसोसम्म बिजेपी नेतृत्व गठबन्धनले ३३९ स्थानमा अग्रता लिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!