रुटको ८४ रनमा इंग्ल्याण्डद्वारा पाकिस्तानलाई विशाल लक्ष्य

काठमाडौं, जेठ ५ । पाकिस्तान विरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा पाँचौ खेलमा इंग्ल्याण्डले ३५२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३५१ रन बनायो । उसका लागि जो रुटले ८४, कप्तान इओन मोर्गनले ७६, जस बटलरले ३४, जेम्स विन्सले ३३, जोनी बेयरिस्टोले ३२, बेन स्टोक्सले २१, किस ओक्सले १३, डेभिड विल्लीले १४ रन बनाए ।

यस्तै, टम करनले अन्त्यमा बिस्फोट ब्याटिङ गरे । उनले २ छक्का र २ चौकाको सहयोगमा नट आउट १५ बलमा २९ रनको योगदान दिए । बलिङमा पाकिस्तानका शाहीन शाअ अफ्रिदीले ४, इमाद वासिमले ३, हसन अलि र मोहम्मद हसिनले १–१ विकेट लिए । पाँच खेलको सिरिजमा घरेलु टिम इंग्ल्याण्डले ३–० को अग्रता बनाएको छ । एक खेल वर्षाका कारण रद्द भएको थियो ।

कमेन्ट गर्नुहोस्