गायक डोलराज न्यौपानेको ‘पिरती’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोक गायिका पूर्णकला विसी र गायक डोलराज न्यौपानेको स्वरमा रहेको ‘पिरती’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक न्यौपानेको शब्द तथा गणेश बावु विश्वकर्माको लय सिर्जना एवं पूर्ण सम्योगको एरेन्ज छ ।

भिडियोमा हरिष महराको छायाँकन, अनिल विष्ट प्युठानीको सम्पादन तथा विशाल बैरागीको निर्देशन भिडियोमा रहेको छ । ‘पिरती’ गीतको भिडियोमा अनिल विष्ट प्युठानी, साया भण्डारी र रोशन नेपालीको अभिनय तथा नृत्य छ ।

कमेन्ट गर्नुहोस्