जेठ ६ गते विप्लव नेकपाको बन्द (विज्ञप्तिसहित)

काठमाडौं, जेठ ४ । नेतृ विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जेठ ६ गते धादिङ बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्ध गुरुङले विज्ञप्ती जारी गर्दै घोषणा गरेका हुन् । सेक्रेटरी गुरुङले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यस अघिको बिज्ञप्ति अनुसार प्रधानमन्त्री केपी ओली सहभागी हुने देशका विभिन्न भागका जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार यही जेष्ठ ६ गते धादिङको गल्छी बैरेनीमा केपी ओली आउने जानकारी प्राप्त भएकोको बन्द गरिएको हो ।’

विज्ञप्तीमा बैरेनीमा केपी ओली लगायतका उपस्थित हुने कार्यक्रमको आयोजना गरिएको हुँदा धादिङ बन्द गरिएको र सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिलसमेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्