सीपीएलको ड्राफ्टमा सन्दीपसहित ४ नेपाली खेलाडीको नाम समावेश

काठमाडौं, जेठ २ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटको ड्राफ्टमा नेपालका ४ खेलाडीको नाम समावेश भएको छ । वेस्ट इण्डिजको क्रिकेट लिग सीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलको नाम समावेश भएको हो । 
सन्दीपले गत संस्करणकाे सीपीएलमा भाग लिइसकेका थिए । उनले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट  लिगमा भाग लिएका थिए । 

गत सिजनको सीपीएलमा उनले ५ खेल खेलमा १०६ रन खर्चेर ७ विकेट लिएका थिए । यो वर्षको सीपीएलको ड्राफ्ट आगामी मे २२ मा लण्डनमा सार्वजनिक गरिने छ । यस पटकको ड्राफ्टमा समग्रमा २० देशबाट ५३६ बिदेशी खेलाडीले स्थान बनाएका छन् । गत वर्ष प्याट्रियट्सले सन्दीपलाई ५ हजार अमेरिकी डलर पारिश्रमिकमा टोलीमा अनुबन्ध गरेको थियो । ६ टोलीको सहभागी रहने सीपीएलको यस संस्करण आगमी जुलाई ११ देखि अगष्ट १६ सम्म वेस्ट इन्डिजमा चल्ने छ । 

कमेन्ट गर्नुहोस्