सहि र गलत छुट्याउन युवालाई प्रचण्डको आग्रह

काठमाडौं, जेठ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले पार्टी एकता नेतृत्वको ठोस पहलकै कारण सम्भव भएको बताएका छन् । युवा संघ नेपालको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेतृत्वले हिम्मत नगरेको भए अहिले कम्युनिष्ट नेतृत्वको सरकार नबन्ने बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले तथाकथित राजनीतिका नाममा दम्भ गर्ने धार रहेको भन्ने भन्दै दक्षिणपन्थी जडता र बामपन्थी जडताले कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने गरेकाले यी दुवै प्रवृति घातक हुने बताए । उनले भने, ‘हामीले पार्टी एकता गर्यौँ । एकता ऐतिहासिक पहल थियो । राजनीतिक संगठन र आन्दोलनको पृष्ठभूमिसहित एकता भएको हो । हामीले राष्ट्रको आवाश्यक्ता, कम्युनिष्ट आन्दोलन र जनताको भावनालाई सम्मान गर्यौ । एकताका लागि कसै न कसैले पहल गर्नेपर्छ इतिहासमा ।’  

सम्वोधनका क्रममा प्रचण्डले सहि र गलत छुट्याउन युवा नेताहरुलाई आग्रहसमेत गरे । उनले युवाहरुमा ‘अध्ययनको अरुची हो कि?’ भन्ने चिन्ता लागेको भन्दै बाँकी जीवन केही नयाँ गरेर मर्ने चाहाना भएको बताए ।

कमेन्ट गर्नुहोस्