दारी ग्याङ धनगढीले चलचित्र ‘जात्रै जात्रा’को च्यारिटी सो गर्दै

धनगढी, जेठ १ । सामाजिक कार्यमा सक्रिय युवाहरुको समुह दारी ग्याङ धनगढीले ‘जात्रै जात्रा’ चलचित्रको च्यारिटी शो गर्ने भएको छ ।

प्रदिप भट्टराईको निर्देशन रहेको ‘जात्रै जात्रा’ चलचित्रको च्यारिटी शो जेठ ३ गते धनगढीस्थित जोशी टाकिजमा हुने भएको हो । बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले च्यारिटी शो बाट उठेको रकमले सडकमा रहेका मानसिक रोगी महिलाहरुलाई पालनपोषण गरिरहेको संस्था दृष्टि फाउण्डेसनलाई हस्तान्तरण गर्ने बताए ।

साथै उनले ‘जात्रै जात्रा’ फिल्मको च्यारिटी सो जेठ ३ गते बिहान ९ बजेदेखि हुने बताए ।
ग्याङका सदस्य चुडामणि दाहालले च्यारिटी सोको टिकट दर क्रमशः दर सय, १ सय ५०, दुई सय रहेको बताए । उनले च्यारिटी सोबाट उठेको ५० प्रतिशत रकम दृष्टि फाउण्डेसनलाई र कार्यक्रमको खर्च कटाई बाकी २५ प्रतिशत अन्य सामाजिका कार्य सरसफाई, सहयेगमा खर्च गर्ने बताए ।

निर्माता यज्ञश्वर पौडेल र सिंगे लामा रहेको फिल्मको कार्यकारी निर्माता रविन्द्र सिह बाँनिया रहेका छन् । भ्रष्टचार बिरुद्ध अभियानमा आधारित भएको फिल्म हाँस्य फिल्म रहेको छ ।
गालामा दारी काँधमा जिम्मेवारी नारा सहित विगत तिन बर्ष देखि सामाजिक कार्यहरु गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्