इमामको १५१ रनमा पाकिस्तानले इंग्ल्याण्डलाई दियो ३५९ रनको चुनौती

काठमाडौं, वैशाख ३१ । इंग्ल्याण्डसँगको पाँच एकदिवसीय सिरिज अन्तर्गत तेस्रो खेलमा पाकिस्तानले ३५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५८ रन बनायो । 

उसका लागि ओपनर इमाम उल हकले शानदार प्रदर्शन गरे । उनले ११ चौका र १ छक्काको मद्दतमा १३१ बलमा १५१ रन बनायो । यस्तै, आशिफ अलिले ३ छक्का र २ चौकाको सहयोगमा ४३ बलमा ५२, हरिस सोहेलले ४१, कप्तान सर्फराज अहमदले २७, इमाद वसिमले २२, फहिम अश्रफले १३ र हसन अलिले नट आउट १८ रनको योगदान दिए ।

बलिङमा इंग्ल्याण्डका क्रिस ओक्सले १० ओभरमा ६७ रन दिएर ४ विकेट लिए । यस्तै, टम करनले २, लैम प्लेङकट र डेभिड विल्लीले एक–एक विकेट हात पारे । सिरिजमा इंग्ल्याण्ड १–० ले अगाडि छ । पहिलो खेलमा उसले पाकिस्तानलाई १२ रनले हराएको थियो । दोस्रो खेल भने वर्षाकाकारण रद्द भएको थियो ।  

कमेन्ट गर्नुहोस्