पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकेनन्

काठमाडौं, वैशाख ३१ । भनिन्छ– पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन ।

बागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन्। तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानविन समितिले गरेको छ । यो समाचार अन्नपूर्णपोष्टमा छन् ।

कमेन्ट गर्नुहोस्