वेस्ट इन्डिजले बंगलादेशलाई दियो २४८ रनको लक्ष्य

काठमाडौं, वैशाख ३० । एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत बंगलादेश विरुद्धको दोस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजले २४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । आयरल्याण्डको राजधानी डब्लिनमा भइरहेको सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोज्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनायो । 


उसका लागि साई होपले सर्बाधिक ८७, कप्तान जस होल्डरले ६२, सुनील अम्ब्रिसले २३, रोस्टन जेसले १९ र एश्ले नर्सले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् । बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमानले ४, कप्तान मुसरुफे मुर्तुजाले ३, मेहदी हसन मिराज र शाकिव अल हसनले १–१ विकेट लिए । सिरिजमा वेस्ट इन्डिज र बंगलादेशसँगै आयरल्याण्ड पनि खेलिरहेको छ । 

कमेन्ट गर्नुहोस्