आज कतिमा कारोबार हुँदैछ सुनका गरगरहना ?

काठमाडौं, वैशाख २९ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा यथावतै रहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, शुक्रबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्