कसको समाजवाद? आउनुहोस् समाजवादको बहस गरौं

मोहन कार्कि, कतार । मुख्यतः हाम्रो नेपाली समाजभित्र देखिएको बिसंगती र बिकृतिको पहाड छ । त्यो पहाड तोड्ने साहस र अठोट गर्ने कि नगर्ने? हाम्रो नेपाली समाजभित्र युवाहरुको राजनीति चेतना तिव्ररुपले बिकसित हुँदै आएको छ । यो तपाई–हामी युवाले स्विकार्नै पर्ने हुन्छ ।

राजनैतिक दृष्टिकोणबाट हामीले नेपाली समाजलाई हेर्ने हो भने ‘गुट र उपगुटहरु’ छताछुल्ल रुपमा भेटिन्छ उपल्लो तहदेखि ग्राउण्डसम्म सबैभन्दा खराब चिज पार्टी भित्रको यहि हो गुट र उपगुट, नाताबाद र कृपाबाद अनि त्यसपछि भक्तजनको झुण्ड जन्माउँछ । यसको प्रभाब सामान्य कार्यकर्ता वा पार्टीप्रति दृढ बिश्वास गर्ने र निरन्तर रुपमा आन्दोलनलाई योगदान दिने निडर र प्रभावकारी भूमिका खेल्ने कार्यकर्ता विस्तारै पलायन हुने अनि अवसरबादी मानसिक चिन्तन बोकेकाले पार्टीमा कब्जा जन्माउने र विचार निर्माण गर्ने पक्षमा बहस गर्नुभन्दा कहाँबाट कमिसन अनि ब्यक्तिगत फाइदा हुन्छ त्यता बिचलन गराउँदै नेतृत्वमा स्थापित भएको नेताको विचारलाई स्खलित गरीदिन्छ ।

विगत लामो समयसम्म निरन्तर कम्युनिष्ट आन्दोलनमा विभिन्न मोर्चामा सहभागी हुँदै आजको दिनसम्म वर्ग आन्दोलनको मोर्चामा सहभागिता जनाउँदै छु । बिभिन्न आन्दोलनमा भौतिक शरीर समाहित गर्दै राजनैतिक दृष्टिकोणबाट यो समाजलाई अध्ययन गर्दै नियाली रहँदा साथिभाईहरु एकाएक पछि सर्दै सामान्य अनि साधरण जीवनमा एकाएक यु–टर्न मारेर जिबिकोपार्जन गरेर बसेका सिनियर होस वा जुनियर साथिभाईसङ्ग बसेर पार्टीले लिएको नीति र सिद्धान्त ठिक तर मुख्यतः नेतृत्व बेठिक भो भन्ने ब्याप्त धारणा पाइएको छ । मेरो अनुभूति र अनुभवहरु पनि त्यहि नै रहेको छ ।

नेकपा पार्टीले अहिले समाजबादको दिशामा जाने यात्रा तय गरीरहँदा हामीले नेतृत्व गरीरहेको संगठनलाई पनि चलायमान बनायर लैजानु पर्ने हुन्छ । निष्क्रिय कार्यकर्तालाई सकृय बनाएर जिम्मेवारी दिने र समाजवाद आन्दोलनको तयारीको लागि पहलकदमी लिन सक्नुपर्छ । नत्र भुइँको नयाँ टिप्न खोज्दा खल्तिको पुरानो भुँईमा नझरोस् नेतृत्व तहको जिम्मेवारी पाएको नेतृत्वले आफ्नो मातहतको कार्यकर्ताले आलोचना गर्दा आत्मा–आलोचित हुँदै, असन्तुष्ट बोकेका कार्यकर्ताको भावनमा ठेस लाग्न दिनुहुन्न र तत्काल सम्बोधन गर्नको निम्ती तयार हुन सक्नु पर्दछ ।

पार्टीले लिएको नीति तथा एजेण्डा मातहतको कमिटीमा ब्यापक र बृहतरुपमा बहस गर्नु अतिआबश्य छ । हाम्रो मानसिकता ०५१ देश ०७४ सम्मको मानसिकता बोकेर हुन्न । हामी परिवर्तनलाई आत्मसात गरी प्राप्त उपलब्धि लाई संस्थागत गर्दै अर्को नयाँ चरणको आन्दोलनमा प्रवेश गर्दै छौं । अबको समय छलछाम शंका र उपशंका गर्ने समय हैन शंका र उपशंका छलछामको राजनिती शसस्त्र युद्धको बेला हो । यतिबेला हार्दिकताका साथ देशलाई पार्टीले लिएको कार्ययोजनालाई सफल बनाउँदै लैजाने क्षण हो । जो कोहिले पनि आफुले गरेको कर्तुत खुल्छ कि भनेर कार्यकर्तालाई दबाएर राख्ने, कार्यकर्ताको स्तर नबढाउने र कार्यकर्तालाई उपल्लो निकायबाट आएको सर्कुलरको बारेमा बोलाएर छलफल नगर्ने म आफै हो पार्टी, म आफै हो नेता भन्ने तरिकाले जान खोज्नेलाई अब छुट छैन ।

पार्टी सामूहिक हो । समूह मिलेर संगठन बन्छ । जब त्यो संगठनले बिश्वाश गरेर नेतृत्व गर भनेर जिम्मा दिन्छ, त्यो जिम्मेवारी ब्यक्तिले पार्टी नै मै हुँ भनेर सबैले मलाई नेता मानेकै छ भनेर एक्लै छाती फुलाएर गजक्क परेर बस्छ भने अब सम्झे हुन्छ समातेर तल झार्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्