भाषण गर्दागर्दै नेताको पाइन्ट खुस्किएपछि….. (भिडियोसहित)

एजेन्सी । केही दिनदेखि सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । एक जना भीड माझ भाषण गरिरहेका हुन्छन् । बोल्दाबोल्दै उनको पाइन्ट खुस्किन्छ, सबै मानिस गलल हाँस्छन् । फेसबुक ट्वीटरमा भाइरल भइरहेको यो भिडियोलाई लिएर विभिन्न किसिमका अफवाह फैलिरहेको छ । भाजपा र काँग्रेस समर्थक भारतीयले एकअर्को पार्टीलाई व्यंग्य गर्न यो भिडियो प्रयोग गरिरहेका छन् ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुस्

कतिपयले व्यक्ति भाजपा नेता तथा राजस्थानको अजमेरका उम्मेद्वार राकेश परिख भएको दाबी धेरैले गरेका छन् भने भाजपा समर्थकले काँग्रेस उम्मेद्वार राकेश पारिखको भिडियो भन्दै शेयर वा पोष्ट गरिरहेका छन् । तर, यो भिडियोको वास्तविकता भने अर्कै छ ।

खासमा यो पुरानो भिडियो हो । भिडियोमा भएका व्यक्ति हुन् उत्तराखण्डको जसपुरका नगर परिषद अध्यक्ष मोहम्मद उमर सिद्धकी । नगरपालिका निर्वाचनका दौरान भएको एक कार्यक्रममा उनको पाइन्ट खुस्किएको थियो । उनी न काँग्रेसका नेता हुन्, न भाजपा । आफू त्यसबेला बहुजन समाजवादी पार्टीमा भएको र चुनावी अभियानका दौरान आफ्नो पाइन्ट खस्किएको उनको भनाई छ ।  पारिख र उनको अनुहार करिब मिल्छ । र, वास्तवमा पारिख भाजपा उम्मेद्वार नभएर काँग्रेसका उम्मेद्वार हुन् ।

कमेन्ट गर्नुहोस्