खुलातर्फको नतिजा प्रकाशन शुरु (नतिजासहित)

काठमाडौं, वैशाख १२ । शिक्षक सेवा आयोगले आज (विहीबार) देखि खुला तर्फको नतिजा पनि प्रकाशन शुरु गर्न थालेको छ । आयोगले आज एक सूचना जारी गर्दै माध्यमिक तह अन्तर्गत खुला तर्फ साविक पाँचै विकास क्षेत्रको विभिन्न विषयको नतिजा प्रकाशन गरेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

आया्गले पूर्वाञ्चल अन्तर्गत संस्कृत ब्याकरण र स्वास्थ्य तथा शारीरिक शिक्षाको नतिजा सार्वजनिक गरेको छ । यस्तै, मध्यमाञ्चल अन्तर्गत संस्कृत ब्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर बिज्ञान, जनसंख्या शिक्षा तथा स्वास्थ्य तथा शारीरिक शिक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

त्यस्तै, पश्चिमान्चल अन्तर्गत संस्कृत भाषा, संस्कृत ब्याकरण , संस्कृत साहित्य , बेद र र कृषि विषयको नतिजा प्रकाशन गरिएको आयोगको सूचनामा उल्लेख छ ।

मध्यमान्चल अन्तर्गत भूगोल विषयको नतिजा सार्वजनिक गर्दा आयोगले सुदूर पश्चिमान्चल विकास क्षेत्रको संस्कृत साहित्यको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले गत असोज ११, १२ र १३ गते खुला तर्फ माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहको लिखित परीक्षा लिएको थियो ।

कमेन्ट गर्नुहोस्