आइपीएलः राजस्थानले टस जित्यो, कोलकातालाई ब्याटिङको मौका

काठमाडौं, वैशाख १२ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको छ । कोलकाताको इडेन गार्डेनमा भइरहेको यी दई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि शुरु हुँदैछ ।

कोलकाता अंक तालिकामा १० म्याचमा ६ खेलमा हार र ४ खेलमा जीत निकाल्दै छैठौं स्थानमा रहँदा राजस्थान भने तालिकाको पुछारमा छ ।

उसले १० खेल खेल्दा ७ मा हार र ३ खेलमा मात्र जीत हासिल गर्न सफल भएको छ । दुबै टोलीलाई प्ले अफको आसा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।

अन्यथा दुबै टोलीको अघिल्लो चरणको यात्रा कठिन बन्ने छ । कोलकाताको नेतृत्व दिनेश कार्तिक गरिरहेका छन् । यता, राजस्थानमा स्टीभ स्मिथ कप्तान छन् ।

कमेन्ट गर्नुहोस्