सेक्सका निम्ति ज्यान दिने गर्छन् यी प्राणीहरू

मानिसले जस्तै जनावरहरूले पनि वंश अगाडि बढाउन यौन सम्बन्ध राख्ने गर्दछन् । सामान्यतया सबै जसो प्राणीहरूमा यो प्रक्रिया सामान्य रूपमै चलिराख्छ तर यस संसारमा यस्ता प्राणीहरू समेत रहेका छन् जसका पोथीहरू यौनक्रिया समाप्त हुने बित्तिकै भालेलाई मारिदिने गर्दछन् ।

तीमध्ये एउटा यस्तो प्राणी पनि रहेको छ जसको भाले यौनक्रिया समाप्त हुनसाथ आफैं मर्ने गर्दछ । यस जीवमा गर्भधारण गरिसकेपछि सृष्टि अगाडि बढाउने सम्पूर्ण जिम्मेवारी पोथीमा रहने गर्दछ । त्यसैले प्रकृतिले त्यस्ता पोथीहरूलाई विशेष किसिमका विशेषताहरूले सुसज्जित गरेको हुन्छ ।

हो, यसरी वंश अगाडि बढाउन पोथीसँग संसर्ग गर्ने बित्तिकै ज्यान गुमाउने जीव हो भाले माहुरी ।

माहुरीको घारमा रानु मौरी र भाले मौरी बाहेक ज्यामी मौरी समेत रहेका हुन्छन् । ज्यामी मौरीहरू हुन त पोथी नै हुन्छन् तर तिनमा प्रजनन क्षमता हुँदैन । एउटा घारमा एउटा मात्र रानु मौरी हुने गर्दछ । मौरीको फुलबाट रानु मौरी बन्ने प्रक्रिया पनि व्यवस्थित खालको छ ।

यदि कुनै लार्भालाई रानु बनाउनु छ भने ज्यामी मौरीहरूले त्यस्ता लार्भाहरूलाई विशेष प्रकारको खाद्य पदार्थ ‘रोयल जेली’ खुवाएर हुर्काउने गर्दछन् । यदि कथंकदाचित ज्यामी मौरीहरूले अन्य रानु बनाए भने ती घारबाट छुट्टिएर जाने गर्दछन् अन्यथा तिनीहरूलाई रानुले मारिदिन्छ ।

एउटा रानु मौरीले प्रजननको याममा हजारौं भाले मौरीहरूसँग सम्बन्ध स्थापित गर्न सक्छ । यसले उसलाई त केही हुन्न तर भालेले यौनक्रिया समाप्त हुनासाथ ज्यान गुमाउने गर्दछ ।

मौरीमा देखिने यस्तो परिघट्ना आरम्भदेखि नै मानिसको लागि जिज्ञासाको विषय रहँदै आएको छ र विज्ञानले यस्तो हुनुको कारण पत्ता लगाइसकेको छ ।
विज्ञानको अनुसार रानु मौरीसँग संसर्ग गर्ने बित्तिकै भाले मौरीको लिङ्ग रानुको योनीभित्रै चुँडिएर  छुट्छ, जसको पीडा सहन नसकी उसको मृत्यु हुने गर्छ ।

वैज्ञानिकहरूका अनुसार भाले मौरीलाई सम्भोग गर्नुअघि नै त्यसपछि आफ्नो मृत्यु हुने कुरा थाहा हुने गर्छ ।

यसरी एकै दिनमा थुप्रै भालेहरूसंग संसर्ग गरेपछि ती सबै भालेहरूको मृत्यु हुन्छ । उता त्यसपछि रानुको शरीरभित्र यदि धेरै वीर्य जम्मा हुन्छ जसले १५ सय फूलहरू निशेचित गर्नसक्छ ।

माहुरीको घारमा कुनै माहुरी रानु बन्ने बित्तिकै त्घार्भारिका भाले महुरीहरू उसको सेवामा लाग्ने गर्छन् । घारमा ज्यामी मौरीहरूले मह थुपार्ने गर्छन् भने भालेहरूको काम खाने र रानु मौरीको प्रजनन समय आउँदा ऊसँग संसर्ग गर्ने मात्र हुने गर्दछ । आकारमा लगभग भालेभन्दा दुई गुणा ठुलो हुने भएकाले पनि रानुलाई भालेहरूमाथि शासन गर्न सजिलो हुने गर्छ ।

वास्तवमा भाले मौरीहरूको जन्म नै रानुसंग संसर्ग गर्न भएको हुन्छ । उनीहरूको न त मह निर्माण प्रक्रियामा कुनै योगदान हुन्छ न घरको सुरक्षामा नै । घारमाथि कुनै बाह्य आक्रमण भएको खण्डमा आक्रमणकारीलाई टोकेर घार्को सुरक्षा गर्ने पनि ज्यामी मौरी नै हुन्छन्, जो पोथी हुन्छन् ।

कमेन्ट गर्नुहोस्