तिन खेल पछी आज मौका पाएका सन्दिप लामिछानेले आफ्नो चौथो बल मै विकेट लिए

काठमाडौं, बैशाख ०७ । भारतमा जारी आईपीएलको पछिल्लो तीन खेलमा नेपालका सन्दीप लामिछानले मौका पाएका थिएनन । तर आज शनिबार किंग्स एलेभेन पञ्जावविरुद्धको खेलमा भने मौका पाएका छन् । खेलको दोश्रो ओभरमा बलिङ गरेका सन्दिपले आफ्नो तेस्रो बल मै विकेट लिएका छन । उनले लोकेश राहुललाई आउट गरेका हुन् । पहिलो बलमा छक्का र तेश्रो बलमा चौका दिएका सन्दिपले तेस्रो बलमा विकेट झरेका थिए । दिल्लीको फिरोज शाह कोटाला मैदानमा दिल्ली क्यापिटल्सका कप्तान श्रेयष अय्यरले टस जितेर पहिला बलिंग गर्ने निर्णय लिए ।

स्पीनरलाई सहयोगी मानिएको दिल्लीको पीचमा सन्दीपको गूगली उपयोगी हुने विश्वासका साथ दिल्लीले उनलाई टिममा समावेस गरेको हो । सन्दीपले जारी आईपीएलमा दिल्लीका लागि ४ खेलमा ५ विकेट लिएका छन् । आईपीएलमा सन्दीपको प्रदर्शन औशत रहेपछि उनी पछिल्ला तीन खेलमा टिममा परेका थिएनन् । शनिबार ब्याटिंगमा बलियो पञ्जावका लागि सन्दीपले अक्षर पटेल र अमित मिश्रासँगै स्पीन बलिंग आक्रमण सम्हाल्नेछन् ।

दिल्लीले शनिबार तीन विशेषज्ञ स्पीनरलाई खेलाएको छ । यस्तै अघिल्लो खेलमा टिममा अटाएका कोलिन इन्ग्राम पनि टिममा परेका छन् । पञ्जावका क्रिस गेल सबैभन्दा खतरनाक ब्याट्सम्यान मानिन्छन् । उनका अगाडि शबिार सन्दीपले बलिंग गर्नेछन् ।

कमेन्ट गर्नुहोस्