चलचित्र ‘सत्यम शिवम् सुन्दरम’को पहिलो गीत ‘मलाई विर्सी’ सार्वजनिक

काठमाडौं, वैशाख ६ । नेपाली कथानक चलचित्र ‘सत्यम शिवम सुन्दरम’को पहिलो गीत सार्वजनिक भएको छ । आगामी हरितालिका तीजदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको गीत शुक्रबार सार्वजनिक भएको हो ।

गीतमा नित्याशिवाले स्वर दिएकी छन् । गीतको शब्द रचना शंकर अधिकारी घायलले गरेका हुन भने संगीत पनि अधिकारीले नै गरेका छन् ।

मधेसी मुल र पहाडी मुलको एक अनौठो प्रेमकथालाई आधार बनाएर निर्माण गरिएको छ । चलचित्रको मूख्य भूमिकामा चलचित्रमा राजन महर्जन, बिमला गिरी, धनराज सुब्बा, अन्जना श्रेष्ठ, सुदिप यादव, कृष्ण कुमार घलान, गितान्जली सुवेदी, आर जे भिलेन, ज्ञानेन्द्र चेम्जोङको अभिनय मा दुई नवनायिका रिचा भण्डारी र कृतिका छेत्री अभिनय रहेको छ ।

विजी फिल्मस्र प्रालिको प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्रप्रसादमा कला राईको प्रस्तुती रहेको छ । देव महर्जनको द्वन्द, राजन महर्जन र सुरेस पाण्डेको नृत्य नरेश ऐरको छायांकन, बिपिन कटुवालको शृङार तथा चलचित्रलाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन ।

कमेन्ट गर्नुहोस्