राजधानीमा चलिरहेको गाडीमाथि अचानक आक्रमण हुँदा १४ जना मारिए

काठमाडौं, वैशाख ५ । राजधानीमा भर्खरै भएको आक्रमणमा १४ जनाको हत्या भएको छ । गाडीमा सवार १४ जनाको हत्या गरिएको हो ।

पाकिस्तानको बलुचिस्तानको राजधानी क्वेटाको मकरान कोस्टल राजमार्गमा गाडी रोकेर एक जना आक्रमणकारीले गोली चलाउँदा १४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा केही दिन पहिले भएको आक्रमणमा २० जना भन्दा धेरैको ज्यान गएको थियो भने ४८ भन्दा धेरै गम्भीर घाइते भएका थिए । ती आक्रमणकारीले चलिरहेको गाडीलाई रोकेर नाम सोधपुछ गरेर अनी गोली चलाएको बताइएको छ । मृतकहरुको शवलाई पोस्टमार्टमको लागि नजिकैको अस्पतालमा पठाइएको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

चीनको यस्तो कठोर धम्कीपछि अमेरिकामा हलचल, विश्व राजनीतिमै खैलाबैला

अमेरिका र चीनबीचको विवाद फेरि उत्कर्षमा पुगेको छ । लामो समय देखि पाकिस्तानमा रहेको आतंकवादी संगठन जैश–ए–मोहम्मदका संस्थापक मसुद अजहरलाई विश्वव्यापी रुपमा आतंकवादी घोषणा गर्ने भारतीय प्रयासलाई विफल पार्न चीन सफल भएको छ ।

भारत, अमेरिका, फ्रान्स लगायतका केही देशहरुले मसुदलाई विश्वव्यापी रुपमा नै आतंकवादी घोषणा गर्नुपर्ने जनाउँदै आएका छन् । भारतले लगातार तीन पटक भन्दा धेरै पटक अनुरोध गर्दा पनि चीनले यो प्रयासलाई विफल पारिदिएको छ । चीनमा मस्लिम समुदायहरुमाथि चीन सरकारले दबाब दिने गरेको आरोप लाग्ने गरेको छ ।

यदी चीन मजुदको विपक्षमा गायो भने पाकिस्तानमा यस्तै खालको आक्रमण हुन्छ भन्ने डरले चीनले बचाउँदै आएको कतिपयको विश्लेषण रहेको छ । अर्को तिर चीनले सबै पक्षको सम्मान गर्ने भएका हुनाले अहिले अध्यन गरिरहेको छ उचित प्रमाण भेटिएको खण्डमा सहमत हुने जनाएको छ ।

चीनले अमेरिकालाई यो पनि भनेको छ कि अब मसुदलाई विश्वव्यापी रुपमा नै आतंककारी घोषणा गर्ने कुरामा बल प्रयोग नगर्न धम्की दिएको छ । चीनका अनुसार उ अहिले मसुदबारे अध्ययन गरिरहेको छ, त्यसैले अहिले तत्काल उ मसुद अजरलाई विश्वमा नै आतंककारी मानने कुरामा सहमत छैन । एजेन्सी

कमेन्ट गर्नुहोस्