मोदी चढेको हेलिकप्टर खानतलासी लिएपछि आईएस अफिसर बर्खास्त

नयाँ दिल्ली, बैशाख ०५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको हेलिकप्टर खानतलासी गरेपछि एकजना निर्वाचन पर्यवेक्षक निलम्बनमा परेका छन्।।भारतीय निर्वाचन आयोगले उडिसाको सम्बलपुर संसदीय सीटका जनरल पर्यवेक्षक मोहम्मद मोहसिनलाई निलम्बन गरेको हो । उनीमाथि ड्युटीमा रहेको बेला लापरवाही गरेको आरमेप छ ।

गत मंगलबारका दिन सम्बलपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न आएको बेला निर्वाचन आयोगको फ्लाइङ स्कवाईडले मोदीको हेलिकप्टर खानतलासी गरेको थियो । निर्वाभन आयोगले भने यसरी खानतलासी गर्नु गलत भएको बताऊदै कार्वाही गरेको हो । एसपीजि सुरक्षा प्राप्त भिभिआईपीका लागि तय गरिएको सुरक्षा निर्देशन उनले पालना नगरेको आयोगले जनाएको छ ।

मोहसिन कर्नाटक क्याडरका आईएएस अफिसर हुन ।

हालैमात्र चुनाव आयोगको टिमले कर्नाटकका पूर्व मुख्यमा्त्रि बीएस येदियुरप्पा र उडिसा मुख्यमन्त्री नवीन पटनायकको हेलिकप्टरको समेत खोजतलासी गरेको थियो ।

कमेन्ट गर्नुहोस्