आज पनि म्याक्सेवलको बिस्फोटक ब्याटिङ, पाकिस्तानले पायो ३२८ रनको लक्ष्य

काठमाडौं, चैत १७ । पाकिस्तान विरुद्धको एकदिवसीय सिरिजको अन्तिम एवं पाँचौ खेलमा अष्ट्रेलियाले ३२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३२७ रन बनायो ।

उसका लागि उश्मान ख्वाजाले १११ बलमा ९८, ग्लेन म्याक्सवेलले ३३ बलमा ७७, शन मार्सले ६८ बलमा ६१, कप्तान आरोन फिन्चले ६९ बलमा ५३ रन बनाए । बलिङमा पाकिस्तानका उश्मान सेनवारीले ४ र जुनैद खानले तीन विकेट लिए । पाँच खेलको सिरिजमा अष्ट्रेलियाले ४–० ले अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!