आइपीएलः ५० रन नबनाउँदै विराटको टिमले गुमायो ६ विकेट !

काठमाडौं, चैत १९ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले दिएको २३२ रनको लक्ष्य पछ्याउने क्रममा विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंग्लोरले ५० रन नबनाउँदै ७ विकेट गुमाएको छ । बैंग्लोरका लागि कप्तान विराट कोहलीले ३, पार्थिव पटेलले ११, एडी डी विलियर्सले १, मोइन अलिले २, शिववम दुवेले ५ रन बनाए ।

बैंग्लोरको टिमलाई ध्वस्त पार्न मोहम्मद नाबी एक्लैले ४ र सन्दीप शर्माले एक विकेट लिइसकेका छन् । यसअघि, टस हारेर ब्याटिङको मौका पाएको हैदरावादले हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३१ रन बनायो ।

उसका लागि जोनी बेयरिस्टो र डेभिड वार्नरले शतक प्रहार गरे । बेयरिस्टोले ५६ बलमा ११४ रन बनाए । जसमा बेयरिस्टोले ७ छक्का र १२ चौका प्रहार गरेका थिए । यस्तै, वार्नरले ५५ बलमा शतक प्रहार गरे । जसमा उनले ५ चौका र ५ छक्का प्रहार गरे । यस्तै, विजय शंकरले रयूसुफ पठानले ६ रन बनाउँदै नटआउट रहे । बलिङमा बैंग्लोरका युजवेन्द्र चहलले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!