आइपीएलः विराटको टिमविरुद्ध बेरिस्टोको शानदार शतक

काठमाडौं, चैत १७ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा सनराइजर्स हैदरावादका जोनी बेयरिस्टोले शानदार शतक प्रहार गरेका छन् । उनले ५२ बलमा आइपीएलमा आफ्नो पहिलो शतक प्रहार गरेका हुन् ।

१०० रन पूरा गर्दा इग्ल्याण्डका यी खेलाडीले १२ चौका र ५ छक्का प्रहारसमेत गरे । यसअघि, जारी आइपीएलमा सनराइजर्सविरुद्ध राजस्थानका सञ्जु स्यासुमले शतक प्रहार गरेका थिए । बैंग्लोरले आज टस जितेर बलिङ गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्