आइपीएलः कुटिए विराटका बलर, बेयरिस्टोको शानदार अर्धशतक

काठमाडौं, चैत १७ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा सनराइजर्स हैदरावादका जोनी बेयरिस्टोले शानदार अर्धशतक प्रहार गरेका छन् । उनले २८ बलमा यो आइपीएलमा पहिलो अर्धशतक प्रहार गरेका हुन् ।

५० रन पूरा गर्दा इग्ल्याण्डका बेयरिस्टोले ९ चौका र एक छक्का प्रहारसमेत गरे । बैंग्लोरले आज टस जितेर बलिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म हैदरावादले १० ओभरमा बिनाविकेट १०५ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!